प्यूठान ।
धार्मिक पर्यटकीय स्थल गौमुखीको पर्यटन प्रर्वद्धन तथा पूर्वाधार निर्माणमा स्थानीय युवाहरु लागेका छन् । गौमुखी प्यूठान जिल्लाको दोस्रो ठुलो पर्यटकीय स्थल हो । पछिल्लो समय यहाँको प्रर्वद्धनमा स्थानीय युवाहरु लागि परेका छन् । जिल्लाका सबैको ध्यान स्वर्गद्वारीको बिकास र प्रवद्र्धनमा लागि रहेको छ तर गौमुखीको बिकासमा कसैको ध्यान नपुगेको बेला गौमुखी गाउँपालिका १ र २ अर्खाका युवाहरु यसमा लागेका हुन् ।
पर्यटकीय स्थल गौमुखी प्रचारप्रसार तथा पूर्वाधारको अभाबका कारण पछि परिरहेकाले यसको बिकास र प्रवद्र्र्धनमा युवाहरु लागेको गौमुखी गाउँपालिका १ अर्खाका रमेश बुढामगरले बताए । ‘यो क्षेत्र पर्यटकीय दृष्ट्रीले प्रचुर संभाबना छ’ उनले भने,‘यसको बिकास र प्रवद्र्धनमा पालिकासगैँ हातोमालो गरेर हामी लागेका छौँ ।’ गौमुखीको बिकासमा स्थानीय तहको मात्र दायित्व नभई सिंगो पालिका र जिल्लाबासी भएको स्थानीयहरु बताउछन् ।

त्यस्तै मल्लरानी गाउँपालिकाको प्रमुख पर्यकीय स्थल मल्लरानी डाँडाको पर्यटन प्रर्वद्धन तथा पूर्वाधार निर्माणमा खलंगाका युवा तथा ब्यापारीहरु लागिरहेका छन् । मल्लरानीको पर्यटनको बिकासमा युवाहरुले करोडौ लगानी गरिरहेका छन् । मल्लरानीमा मन्दिर, जीपलाइन तथा अन्य पूर्वाधारमा युवाहरुले लगानी गरिरहेका छन् । मल्लरानीको पर्यटन प्रवद्र्धन गर्न पूर्वाधारमा लगानी रहेको मल्लरानी गाउँपालिका ४ का युवा ब्यबसायी बासुप्रसाद श्रेष्ठले बताए । ‘मल्लरानी डाँडाका साथै सदरमुकामको पर्यटन क्षेत्रको बिकासमा हामीले लगानी गरेका हौँ’ उनले भने,‘यस्ता क्षेत्रमा सरकारको मात्रै दायित्ब हुदैन, हामीजस्ताले पनि सहयोग गर्नुपर्छ ।’ श्रेष्ठले मल्लरानीमा झण्डै २५ लाख रुपैया लगानी गरी मन्दिर निर्माण गरेका छन् । त्यस्तै खलंगाका स्थानीयहरुले ६० लाख लगानी गरी जीपलाइर्न निर्माण गरेका छन् ।

