प्यूठान । प्यूठानमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको झिमरुक गाउँपालिका ३ लामासेरामा ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । दुर्घटनामा परेको ट्याक्टरको नम्बर खुल्न सकेको छैन । घटना बारे अनुसान्धान भइरहेको प्यूठान प्रहरीले बताएको छ ।

