प्यूठान । स्वर्गद्वारी क्याम्पस पूण्यखोलामा बुधबार बृक्षारोपण गरिएको छ । लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री तथा क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष कृष्णध्वज खड्काको समन्वयमा बिभिन्न प्रजातीका फुल,फलफुल तथा बिरुवा रोपिएको छ । पछिल्लो समय बोट बिरुवा रोप्ने प्रचलनमा कमी आएदै गएको र वाताबरण संरक्षणमा आम नागरिक अगाडी सर्नुपर्छ भन्ने चेतना दिन स्वर्गद्वारी क्याम्पस परिसरमा बृक्षारोपण गरिएको लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री तथा क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष कृष्णध्वज खड्काले बताए ।
उनका अनुसार क्याम्पस परिसरमा एभोकाडो,अम्वा,कागती, आँप, मालागेडी, धुपी लगाएका बिभिन्न प्रजातीका झण्डै दुई सय बिरुवा रोपिएको छ । बृक्षारोपण कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री तथा क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष कृष्णध्वज खड्का,प्यूठान नगरपालिकाका पूर्व मेयर, नेपाली सेना, क्याम्पस ब्यबस्थापन समितिका पदाधिकारी, प्रध्यापक तथा बिद्यार्थीको सहभागीता रहेको थियो ।


