प्यूठान । स्थानिय तह सस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा)मा नौबहिनी गाउपालि कार्यसम्पादनमा जिल्लामा उत्कृष्ट बनेको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिबार सार्वनिक गरेको लिजामा जिल्लाका नौ वटा स्थानीय तहमध्ये नौबहिनीले सवैभन्दा बढी अंक प्राप्त गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको लिजामा नौबहिनी गाउँपालिकाले गत आर्थिक वर्ष २०७९÷ ०८० मा ८५ प्रतिशत अंक प्राप्त गरेको छ ।
त्यस्तै झिमरुक गाउँपालिकाले ७७ दशमलब ७५ अंक प्राप्त गरी दोस्रो बनेको छ । सरुमारानी गाउँपालिकाले ७७ दशमलब ५० सहित तेस्रो भएको छ । भने क्रमश स्वर्गद्वारी नगरपालिका ७६ दशमलब ५०, माण्डवी गाउँपालिका ७६, प्यूठान नगरपालिका ७२ अंक प्राप्त गरेका छन् । मल्लरानी गाउँपालिकाले ७१ द्यशमलब ८५, ऐरावती गाउँपालिकाले ६७ दशमलब ५० र गौमुखी गाउँपालिकाले ६६ दशमलब ५० अंक प्राप्त गरेका छन् ।
स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउनका लागि विभिन्न सूचकहरुको आधारमा गरिने स्वमूल्यांकन हो । स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा पालिकाहरुले विभिन्न १० सूचकहरुको स्वमुल्यांकन गर्ने गर्दछन् । ती सूचकहरुमा शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पुर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वय रहेका छन् ।
नौबहिनी गाउपालिकामा प्रशासनिक , बार्षिक बजेट ब्यबस्थापन तथा कार्यान्वयन ,शुसासन तथा समाबेशितामा जोड दिएको र नतिजामा पालिका आगामी बर्ष झन उत्कृष्ट बनाउदै लैजाने प्रमुख प्रशासकिय अधिकृत शिबराज पौडेलले बताएका छन ।

