प्यूठान । प्यूठानमा शिक्षक मृत फेला परेका छन् । प्यूठानको जनता माध्यमिक बिद्यालयका शिक्षक ३८ बर्षिय चन्द्र प्रकाश सापकोट सोमबार मृत फेला परेका हुन् । ऐरावती गाउँपालिका बरौलाबाट तालिम लिएर बिजुली फर्कदैँ गर्दा बाटोमा मृत अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । मृतक शिक्षकको शरीरमा बाह्य चोटपटक नदेखिएकोले मुत्युको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी इश्वर थापाले जानकारी दिए । शिक्षक सापकोटको शवलाई पोष्टमाटमका लागी प्यूठान जिल्ला अस्पतालमा पठाइएको छ । घटनाको बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

