प्यूठान । नेपाल पत्रकार महासंघको निर्बाचन संघारमा प्रकाशित मतदाता नामावली उपर असहमती जनाउँदै नेपाल प्रेस युनियन देशभर आन्दोलित भएकोछ । युनियनले गयराती नै महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेकोछ भने जिल्ला शाखा प्यूठानमा पनि प्रेस युनियन प्यूठानले तालाबन्दी गरेकोछ ।
यसै बिच प्रगतिशिल पत्रकार संगठन नेपाल प्यूठानले पनि महासंघको कार्यालयमा तालाबन्दी गरेकोछ । पत्रकार महासंघको निर्बाचन जबरजस्ती अगाडि बढाउन खोज्ने र आस्था र बिचारको आधारमा सदस्य हटाउन र राख्ने प्रबृत्ति महासंघ केन्द्रीय समितिले गरेको भन्दै महासंघको केन्द्रीय कार्यालय देखि प्रदेश र जिल्ला शाखाहरुमा तालाबन्दी गरिएको प्रेस युनियन र प्रगतिशील पत्रकार संगठनले बताए । 
दुबै संगठनले बिज्ञप्ती जारी गर्दै सदस्यता बिबाध समाधान गरि कृयाशिल पत्रकारहरुको नाम समाबेश गर्न आग्रह गरेकाछन् । केन्द्रीय निर्बाचन समितिले सार्बजनिक गरेको महासंघका सदस्यहरुको नामावलीमा नियतवस छुटाईका समावेस गर्नु पर्ने र राखिएका गैर सदस्यहरु हटाईनु पर्ने माग दुबै संगठनकोछ । माग पूरा नभए महासंघ निर्बाचन बहिस्कार गर्ने र जवरजस्ती निर्बाचन गरिए अनिश्चित कालिन तालाबन्दी गरिने बिज्ञप्तीमा भनिएकोछ ।


