प्यूठान । प्यूठान नगरपालिकाले बिपन्न परिवारका लागी १०० दिने रोजगारी दिने भएको छ । १७ आंै नगरसभाबाट मेयर बिष्णु बहादुर योगीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम विपन्न परिवारका लागी १०० दिनको रोजगारी दिने उल्लेख गरेका छन् । दैनिक जीबिकोपार्जनमा समस्या भएका बिपन्न परिवारलाई रोजगारी दिन नीति तथा कार्यक्रममा समावेश गरेको मेयर बिष्णु बहादुर योगीले जानकारी दिए । त्यस्तै कृषि क्षेत्रमा योगदानमा आधारित दुध तथा तरकारी खेतीखगर्ने कृषकलाई पेन्सन समेत दिने कार्यक्रममा समाबेश गरेका छन् । दुध र तरकारीमा नगरपालिकालाई आत्मनिर्भर बनाउन यो कार्यक्रमलाई बार्षिक नीति तथा कार्यक्रममा समाबेश गरेको मेयर योगीको भनाई छ ।

