सागर रिजाल,प्यूठान । प्युठानमा बम फेला परेको छ । जिल्लाको माण्डवी गाउँपालिका ३ लामाचौरमा ग्रिनेट बम फेला परेको हो । स्थानीयले माछा मार्दा माडी नदिमा सो बम फेला पारेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । माछा मार्दै गर्दा जलमा बम अड्किएक थियो । संकास्पद बस्तु भेटेपछी स्थानीयले प्रहरीलाइ खबर गरेका थिए । खबर पाए लगत्तै नेपाली सेनाले सो बम नियन्त्रणमा लिएको थियो । बमलाइ शनिबार डिस्पोजल गर्ने तयारी गरेको नेपाली सेनाले जनाएको थियो । बम नदिले बगाएर ल्याएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । तर अहिले यहि नै हो भन्न नसकिने र अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

