प्यूठान । स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लि.ले सेवालाई डिजिटलमैत्री बनाएको छ । प्रा.लि. ले सेवाग्राहीलाई अनलाइनबाटै टिकट लिन सक्ने ब्यबस्था गरेको हो । यस अघि सेवाग्राहीले भौतिक रुपमै उपस्थित भई टिकट काट्नुपर्ने अबस्था रहेको थियो तर सेवा प्रा.लि.ले मोवाइल एप्लिकेशन तथा वेवसाडइटबाटै टिकट काट्ने ब्यबस्था मिलाएको हो । शुक्रबार एक कार्यक्रमको आयोजना गरी डिजिटल सेवाको सुरुवात गरेको हो । शुक्रबार लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले अनलाइन टिकट बुकिङ सेवाको उद्घाटन गरेका हुन् ।
यो सेवा सुरु भएसगैँ जिल्लाका यात्रुहरुलाई सहयोग पुग्ने स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लि.का महासचिब कुमार श्रेष्ठले समाचार स्पेशलाई जानकारी दिए । यसले टिकट प्रणालीलाई ब्यबस्थीत हुने श्रेष्ठको अपेक्षा छ । स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लि.ले अब केहि समयमै प्यूठान काठमाण्डौ एसी बस सञ्चालन गर्ने तयारी थालेको प्रा.लि.का अध्यक्ष शुनिल बस्नेतले बताए ।

