कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध मङ्गलवार पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो । अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले पुर्जी जारी भएको जानकारी दिए ।
सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो । रातोपाटीबाट सभार

