प्यूठान । नेपाली काग्रेंसका केन्द्रीय सदस्य प्रा. डा. गोबिन्दाज पोख्रेलले अबको चुनावमा कसैसँग गठबन्धन गरेर नजाने बताएका छन । शुक्रबार नेपाल बिद्यार्थी संघ,प्यूठानको ५५ औँ स्थापना दिवशको अवसरमा आयोजना गरेको नयाँ बर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन गर्दै यस्तो बताएका हुन् । उनले गठबन्धन गरेर जादा पार्टीलाई केहि फाइदा पुगेपनि दीर्घकालमा असर पर्ने बताएका हुन् । नेपाली कांग्रेसले महासमितिको बैठकबाट २०८४ को आम निर्वाचनमा कसैसगँ तालमेल तथा गठबन्धन नगर्ने निर्णय भएको पनि बताए ।
सोही अवसरमा नेपालको राजनीतिक परिवर्तनमा नेपाल बिद्यार्थी संघले स्थापनाकालदेखि सहयोग गरेको बताए । ‘नेपाल बिद्यार्थी संघले देशमा भएका वेथिती तथा बिद्यार्थीको हकअधिकारमा लड्दै आएको छ’ उनले भने,‘नेपालको शैक्षिक गुणस्तर सुधारमा सकारात्मक भुमिका खेलेको छ ।’

