सामुदायिक बन उपभोक्ता महासङ नौबहिनिकाे आयाेजनामा सामुदायिक बनका अबसर र चुनौती बिषयक अन्तर्कृया कार्यक्रम बहानेमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि एवम गाउपालिका अध्यक्ष डिलाराम थापाले गाउपालिकाले सामुदायिक बनमा धेरै अबसर रहेकाे र त्यसबाट अबसर सङ्गै संरक्षणमा पनि लाग्नु पर्ने बताउनु भयाे थापाले बन समितिले बनक्षत्रमा कुनै प्रकारकाे कार्ययाेजना अनुरुप काम गर्दा हुने समस्या समाधानमा गाउपालिका साथमा रहेकाे बताउनु भएको छ ।
कार्यक्रमकाे सहजिकरण गर्दै बन महासंघ लुम्बिनी प्रदेश सदस्य दामोदर शर्माले सामुदायिक बन उपभोक्ता समितिले समुदायमा रहेका बन संरक्षणमा उल्ख्य भुमिका रहेकाे बताउदै अहिले सरकारले बन ऐन मार्फत उपभोक्ताका अधिकार कटाउने काम गरेकाे बताउदै त्यसप्रति सचेत बन्दै अगाडि बढ्न उपभोक्ता समितिलाई अनुराेध गर्नु भयाे शर्माले सामुदायि बन महासङले पुर्ण समानुपाति ढङ्गबाट समाजमा परिवर्तन , बिकास र आयआर्जनमा याेग्दान गरेका सामुदायिक बन अहिले सरकारले ऐन मार्फत उपभोक्ताकाे घाँटी थिच्ने काम मात्रै गरेकाे बताउदै बन डिभिजनबाट सामुदायिक बनका कार्ययाेजनाकाे अध्याबधिक गर्ने , कानुनि तथा बन ब्यबस्थापन सम्बन्धि तालिम जस्ता कार्यक्रम गर्नु पर्ने माग राख्नु भएको छ ।
शर्माले सामुदायिक बन बिश्वमा सर्बाेकृष्ट बन क्षत्र भएको तर अहिले ऐन मार्फत अधिकारबाट बन्चित गर्न खाजिएकाे बताउनु भएको छ ।
कार्यक्रममा बन महासङ प्युठानका अध्यक्ष धुर्ब थापाले महासङले बन उपभोक्ता समितिकाे समस्या समाधानका लागि आफुहरु पुलकाे रुपमा काम गरेकाे बताउदै स्थानिय सरकारले बन क्षत्रकाे बिकास गरि जडिबुटी तथा वन पैदावरबाट आयआर्जनमा नागरिकलाई सघाउ पुराउने कार्यक्रम ल्याउन अनुराेध गर्नु भएको छ ।
कार्यक्रममा बनमहासङ प्युठानका काेषाध्यक्ष केशब बिक , वडा अध्यक्ष मानब केसि , पत्रकार महासङ राष्ट्रिय परिषद सदस्य श्रीराम भण्डारी , लगाएतले सामुदायिक बनका अबसर चुनौतिका सवालमा भनाइ राख्नु भएको थियाे ।
कार्यक्रममा सहभागिले बन अतिक्रमण तथा बन ब्यबस्थापन अहिलेकाे मुख्य समस्या रहेकाे बताएका छन ।
जिबराज भण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सन्चालन चक्र भण्डारीले गरेका थिय ।

