प्युठान ।
माण्डवी गाउँपालिका ३ जस्पुरमा बजारमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय प्युठान, घरेलु तथा साना उद्योग कार्यालय लगायतका अन्य कार्यालयहरुको संयुक्त आयोजनामा सोमबार जस्पुर बजार अनुगमन गरिएको हो । अनुगमनबाट १५ हजार रुपैयाँ बढिको सामान नष्ट गरिएको छ । ३ होटल र ५ किराना पसलमा गरिएको अनुगमनबाट १५ हजार १ सय ७० रुपैयाँ बराबरको म्याद गुज्रिएका अखाद्य बस्तु नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय प्युठानका प्रशासकीय अधिकृत तथा बजार अनुगमन संयोजक जालन्धर भुषालले जानकारी दिनुभयो ।
अनुगमनमा पेय पदार्थ, लगाउने तेल,चिजिबल लगायका म्याद नाघेका सामान भेटिएको र सबै भन्दा बढि पेय पदार्थ नष्ट गरिएको उहाँले बताउनुभयो । अनुगमनको क्रममा केहि होटल तथा पसलमा सरसफाई नभएको,पसलहरुमा साईन बोर्ड,मुल्य सुचि, बिल जारी नभएको भएको पाइएकाले अनिवार्य रुपमा सबै प्रकृया पूरा गरेर मात्रै पसलहरु संञ्चाल गर्न ब्यवसायिहरुलाई आग्रह गरेको प्रशासकीय अधिकृत भुषालले बताउनुभयो । अहिलेको अनुगमनमा ब्यवसायीलाई सबै प्रकृया पूरा गर्न सल्लाह,सुझाब दिएको र अर्काे पटकको अनुगमनमा यदि प्रकृया पूरा नगरेको पाईमा जरिवाना गरिने उहाँको भनाइ छ । अनुगमनबाट सबै विवरण संकलन गरिएकाले प्रकृया पूरा नगरेका त्यस्ता ब्यवसायीहरुलाई समय तोकेरै केही दिनमा जिल्ला प्रशासन कार्यालयबाट पत्राचार गर्ने भुषालले बताउनुभयो ।

