प्यूठान । प्रथम माण्डवी कृषि पर्यटन महोत्सब सञ्चालन हुने भएको छ । त्रिवेणी सामुदायिक ग्रामिण बिकास केन्द्रको आयोजनामा माण्डवी गाउँपालिका १ अरङ्खोलामा महोत्सब सञ्चालन गर्न लागेको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । महोत्सब चैत्र २९ गतेदेखि बैशाख ९ गतेसम्म आयोजना हुनेछ । माण्डवी गाउँपालिकाको कृषि, पर्यटनको बिकास प्रचारप्रसार गर्ने उद्धेश्यले महोत्सबको आयोजना गर्न लागिएको महोत्सब आयोजक सस्थाले बताएको छ ।
माण्डवी गाउँपालिकाभित्रका साथै जिल्लाको कृषि, लघु उद्यमको बजारीकरण गर्न तथा त्रिबेणीधाम लगायतका स्थलको प्रचार प्रसारमा टेवा पुग्ने त्रिवेणी सामुदायिक ग्रामिण बिकास केन्द्रका अध्यक्ष रामचन्द्र पौडेलले जानकारी दिए ।

