रविन विश्वकर्मा,प्युठान । प्युठान नगरपालिका वडा नंम्बर १० का वडा अध्यक्ष लोक बहादुर केसीले पुर्ण सरसफाइयुक्त वडा बनाउन ब्यक्तिगत तथा सार्वजनिक स्थानको सरसफाइ एवम् संरक्षणमा ध्यान दिनुपर्ने बताउनु भएको छ । वडाले आज आयोजना गरेको सरसफाइ सम्बन्धि अभिमुखिकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष केसीले वडाको एक्लो प्रयासले मात्रै सरसफाइयुक्त वडा निर्माण सम्भव नभएकाले सरसफाइको बिषयमा आफुले जानेका कुरा छरछीमेक,बस्ती तथा समुदायममा बताउन सबैलाई आग्रह गर्नुभयो । प्रत्येक ब्यक्तिले सरसफाइमा जोड दिए विभिन्न खालका रोगहरुबाट वच्नुका साथै सरसफाइयुक्त वडा निर्माणमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । वडाको आयोजनामा आज शिक्षक,स्वास्थ्यकर्मी,वन समितिका पदाधिकारी,स्थानीय,जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई सरसफाइ सम्बन्धि शुक्रबार अभिमुखिकरण दिईएको हो । कार्यक्रममा पूर्ण सरसफाइका सूचकहरु सुरक्षित खाना,सुरक्षित पिउने पानी,शौचालयको समुचित प्रयोग,सार्वजनिक स्थाानको सरसफाइ,ब्यक्तिगत तथा बातावरणीय सरसफाइ,सुरक्षित भान्सा लगायतका अन्य महत्तवपूर्ण बिषयमा जानकारी गराईएको नेपाल पत्रकार महासंघ अध्यक्ष तथा कार्यक्रमका प्रमुख प्रशिक्षक सञ्जय रिजालले जानकारी दिनुभयो । वडा अध्यक्ष बिष्णु केसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा सचिव विनिता विष्टले गर्नुभएको थियो ।

