प्यूठान ।
प्यूठान नगरपालिका ७ को पुर्वे टोलमा रहेका १८ घरधुरीमा धारा जडान पश्चात खानेपानीको विस्तार गरिएको छ । प्यूठान नगरपालिका ७ नं वडाको ५० प्रतिशत अनुदानमा पुर्वे टोलका १८ घरधुरीमा खानेपानी जडान गरिएको वडाध्यक्ष नेत्र बहादुर के।सीले जानकारी दिए । उनका अनुसार स्थानीयको ५० र वडाको ५० प्रतिशतमा डाँडा गाउँबाट खानेपानी विस्तार गरिएको छ । आफु निर्वाचित भएदेखि नै सबैभन्दा धेरै खानेपानीमा अग्रसर र बजेटको आकार बढाईएको अध्यक्ष के।सीको भनाई छ । वडामा १ घर १ धारा पु¥याउने मेरो लक्ष्य हो के।सी ले भने, ‘‘त्यसैले अहिले ७० प्रतिशत बजेट खानेपानीमा नै बिनियोजन गर्ने गरेको छु ।”
उपभोक्ता समिति मार्फत जेष्ठ मसान्त सम्ममा सकाउनु पर्ने कार्य सो समय अघि समापन गरिएको अध्यक्ष के।सीले जानकारी दिए । त्यस वडामा हाल १ हजार १ सय घरधुरी रहेकोमा ८५ प्रतिशत घरधुरीमा पानी पु¥याईएको पनि अध्यक्ष के।सीले दाबी गरेका छन् । पहिले २०÷२५ मिनेटको समय लगाएर कुवाँको पानी लिन जाने स्थानीयले अहिले घरघरमा खानेपानी उपभोग गर्न पाएपछि खुसी भएका छन् ।

