रविन विश्वकर्मा,प्युठान ।
प्युठान नगरपालिकाकाे १६ औ नगर सभा( हिउँदे अधिवेशन ) सम्पन्न भएकाे छ । बुधबार नगरपालिकाकाे सभाहलमा नगर सभा सम्पन्न भएकाे हाे । सभाले ” दलित सशक्तीकरण एेन २०८० प्रस्ताव माथि छलफल गरी सर्वसम्मत पारित गरेकाे नगर पालिकाका प्रवक्ता तथा वडा नंम्बर ३ का वडा अध्यक्ष सुमन राज श्रेष्ठले जानकारी दिनुभयाे । त्यस्तै शिक्षा एेन २०७४ संशोधन गरेको उहाँले बताउनुभयाे । सभामा नगरपालिकाका उपप्रमुख तथा न्यायीक समितिका संयोजक देबेन्द्र बर्माले चालू अार्थिक बर्षकाे हाल सम्मकाे अार्थिक तथा प्रगति विवरण, आर्थिक ऎन २०८०/०८१ का संसोधन थपघट सम्बन्धि बिधेयक र आ. ब. २०८०/०८१ का योजना कार्यक्रम संशोधन तथा थपघट सम्बन्धि विवरण प्रस्तुत गर्नुभएकाे थियाे ।

त्यस्तै आर्थिक बिकास समितिका संयोजक सुमनराज श्रेष्ठले ” दलित सशक्तीकरण एेन – २०८० ” र सामाजिक बिकास समितिका संयोजक तथा वडा नंम्बर ६ का वडा अध्यक्ष नरेन्द्र पुनमगरले शिक्षा एेन २०७४ संशोधन प्रस्तुत गर्नुभएकाे थियाे । नगरपालिकाका प्रमुख बिष्णु बहादुर याेगीकाे अध्यक्षतामा भएकाे सभाकाे सहजीकरण प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले गर्नुभएको थियाे ।

