प्युठान । नौबहिनी गाउँपालिकाकाे आयाेजनामा सञ्चालन भएको निशुल्क आयुर्वेदिक पायल्स फिष्टुला शिविरमा सात जनाको अप्रेसन भएको छ ।
गाउपालिकाले पालिका भित्र रहेका पायल्स फिस्टुला सम्बन्धि समस्या भएका बिरामिकाे मध्यनजर गरि आयाेजना गरेकाे शिबिरमा १ सय अठचालीस जनाकाे स्वास्थ्य परिक्षण गरिएको आयुर्वेद कविराज विस्नु थापाले बताएका छन ।
शिबिरबाट आयुर्बेद बिशेषज्ञ सेबा प्रदान गरिएको , अप्रेसन तथा स्वास्थ्य परिक्षण तथा औषधि निशुल्क बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत शिबराज पौडेलले जानकारि दिनु भएको छ ।

