प्युठान । जनता माबि बाग्दुलाले शिक्षाको गुणस्तरका लागि अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेकाे छ ।
अभिभावक शिक्षाको महत्त्वकाे बारेमा जानकारि गराउदै बिधालयका प्रधानाध्यापक इन्द्रमणि पाेख्रेलले बालबालिकालाई कस्तो बनाउने भन्ने बारे अभिभाबक सचेत बन्नु पर्ने बताएका छन । कार्यक्रममा प्रमुख अतिथिकाे रुपमा पुर्ब प्रधानाध्यापक गेहराज पण्डितले सन्ततिका लागि सम्पति भन्दा पनि असल सक्षम बन्ने शिक्षामा जाेड दिनु पर्ने बताएका छन । १ देखि ५ सम्मका करिब २ सय अभिभावक सहभागी कार्यक्रममा मुकुन्द रिजालले अभिभावक शिक्षाका बिषयमा सहजिकरण गरेका थिय ।
बिधालयकाे गुणस्तरीय शिक्षामा अभिभावकको महत्त्वपूर्ण जिम्मेवारी रहने भएकोले नियमित अभिभावक सचेतनाका कार्यक्रम सञ्चालन गरेकाे प्रअ पाेख्रेलले बताएका छन बिधालयमा १ हजार ९ सय सात जना बिधार्थि अध्ययन गर्छन ।

