प्यूठान । झुलेनी सरक्षण तथा तथा पर्यटन बिकास समिति प्युठानकाे साधरण सभा तथा अधिबेशन पर्यटकिय स्थल झुलेनिमा सम्पन्न भएको छ ।
अधिबेशनमा धार्मिक पर्यटनकाे हिसाबले प्युठानकाे महत्त्वपूर्ण स्थलका रुपमा झुलेनि स्थापित भएको र यहाकाे थप बिकासमा स्थानिय , पर्देश सङघ सरकार तथा विभिन्न निकाय सङ्ग सहकार्य गरि अगाडि बढ्ने कार्यनिति तय भएको छ ।
अधिबेशनले माधबराज भण्डारीकाे अध्यक्षतामा नया कार्य समिति चयन गरेकाे छ । जस्काे उपाध्यक्ष बिष्णु प्रसाद भण्डारी ,महिला उपाध्यक्ष साबित्रा पाेख्रेल , सचिब श्रीराम भण्डारी , सहसचिब बसन्त प्रसाद भण्डारी र काेषाध्यक्ष गिरुप्रसाद भण्डारी रहेका छन ।
सदस्य रामकृष्ण भण्डारी , नवीन पुनमगर , दामोदर भण्डारी ,गिरिराज खनाल , गिरिराज भण्डारी ,शाेभाराम बुढाथोकी ,सरस्वति भण्डारी ,रेश्मा वाग्ले र भगवता पाेख्रेल चयन भएका छन ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्युठान नगरपालिकाका साममजिक बिकास समिति समयाेजक तथा प्युठान नगरपालिका ६ का वडाअध्यक्ष नरेन्द्र पुनले झुलेनिकाे बिकासले प्युठान नगरपालिकाकाे सौर्न्दर्य बढाएकाे बताएका छन । पुनले यस्काे बिकास र सम्रक्षकमा प्युठान नगरपालिका वडा कार्यालय तयार रहेकाे बताएका छन । उनले समिति सङ्ग सहकार्य गरि यहाकाे बिकासमा आफु लाग्ने प्रतिबद्धता समेत जनाएका छन । विशेष अतिथि नौबहिनी गाउपालिका वडा नम्बर ८ का वडा सदस्य हुमलाल भण्डारीले झुलेनिले समग्र प्युठान नगरपालिका र नौबहिनीकाे पर्यटन बिकासमा सहयाेग मिल्ने भन्दै पालिकाले यहाकाे बिकासमा पहिले पनि याेग्दान गरेकाे र आगामि दिनमा समेत सहयाेग गर्ने बताएका छन ।
कार्यक्रम माधबराज भण्डारीकाे अध्यक्षता र धनेश्वर भण्डारीको सन्चालनमा भएको थियाे भने स्वागत श्रीराम भण्डारीले गरेका थिय ।
झुलेनि पछिल्लाे समय आन्तरिक पर्यटनकाे हिसाबले जिल्लाको महत्वपुर्ण गन्तब्यकाे रुपमा बिकास भएको छ ।

