प्यूठान । नौबहिनी गाउँपालिका -८ मा रहेको फोप्ली स्वास्थ्य चौकीले ८ महिना अवधी पुरा गरेका गर्भवती महिलाहरुको घरमै पुगेर परिवार सङ्ग अन्तरकृया गरेकाे छ ।
गर्भवती महिलाहरुको उद्दारको लागि टोलटोलमा गठन गरिएको महिलाहरुकै टिमका लिडर ,सहायक लिडर तथा सदस्यहरु तथा म.सा.स्वा.स्व.से.को उपस्थितीमा फोप्लीको खैरापुकमा परिवारका सदस्य , स्वास्थ्य आमा समूह उद्दार टिमका सदस्यकाे सहभागितामा भएको अन्तरक्रिया कार्यक्रममा गर्भवती महिलाहरुले स्वास्थ्य चौकीबाट प्राप्त गर्ने सेवा सुबिधाबारे जानकारी, स्ट्रेचर प्रदान,गर्भवस्थामा गर्नुपर्ने तिन चरणका तयारी, उद्दार टिम , म.सा.स्वा.स्व.से, स्वास्थ्यकर्मी तथा घरपरिवारको समन्वय बारे र उद्दार गर्ने बिधी र सहजिकरण बारे छलफल गरिएको स्वास्थ्य चौकी इन्चार्ज प्रकाश घिमिरेले बताएका छन ।

