प्यूठान । नौबहिनी गाउपालिकाले नि:शुल्क पायल्स फिसर फिस्टुला सम्बन्धि बिषेशज्ञ आयुुर्बेद स्वास्थ्य शिबिर संचालन गर्ने भएको छ ।
गाउँपालिकाले यस पटक फिस्टुला तथा पायल्सका बिरामीकाे स्वास्थ्यलाई मध्यनजर गरि शिबिर संचालन गर्न लागेकाे प्रमुख प्रशासकिय अधिकृत शिबराज पौडेलले जानकारी दिए ।
शिबिर फाल्गुन ५ गते सामुदायिक स्वास्थ्य इकाई बहानेमा हुने छ । आयुर्बेद पद्धतिबाट उपचार गरिने छ भने औषधि निशुल्क उपलब्ध गराउने गाउपालिकाले जनाएको छ ।

