बालबिबाह न्युनिकरणमा लागि नौबहिनी गाउपालिकाले सन्देशमुलक सडक नाटक कार्यक्रम सन्चालन गरेकाे छ ।
बालबिबाह समाजिक अपराध भएको भन्दै गाउपालिकाले पालिका भित्र रहेका माध्यमिक बिधालयमा बिधार्थि , अबिभाबक लगाएत सराेकारवाला काे उपस्थितिमा राष्ट्रिय कलाकार सुरबिर पण्डित , रामचन्द्र अधिकारी ( गाेप्ते काजि र दाडि बा) काे टिमले नाटक प्रस्तुत गर्ने प्रमुख प्रशासकिय अधिकृत शिबराज पौडेलले बताएका छन ।

गाउपालिका भित्र बालबिबाहाले सामाजिक बिकासमा समेत समस्या सृजना भएको , बालबिबाहले स्वास्थ्य शिक्षा तथा राेजगारमा समेत असर पुर्यायकाेले पालिकामा बालबिबाह अन्त्यका लागि शन्देश मुलक नाटक पस्तुत गरिएको र आगामि दिनमा विशेष रणनिति तयार गर्ने गाउपालिका अध्यक्ष दिलबहादुर थापाले बताएका छन ।
कार्यक्रम गाउपालिकाे सहयाेगमा भाइब्रेसन मिडियाकाे सहजिकरणमा सन्चालन भएको छ ।
आज लुप्लुङ्ग माबि लुप्लुङ्ग , अम्बिका माबि फाेप्लि , गङ्गा माबि बहाने र जनज्याेति माबि लुङ्गमा कार्यक्रम गरिएको छ ।

