प्यूठान । ‘गौमुखी क्षेत्रमा अर्खाको चिनारी’ पुस्तक बिमोचन गरिएको छ । गौमुखी गाउँपालिका १ अर्खाका रबिश्वर थापाले लेखेको पुस्तक शनिबार जुम्रीमा एक कार्यक्रमका बीच बिमोचन गरिएको हो । पुस्तक प्रतिनिधि सभा सदस्य सुर्य थापाले बिमोचन गरेका हुन् ।
बिमोचन कार्यक्रममा प्रमुख अतिथि थापाले गौमुखी क्षेत्रको विषय पर्यटन प्रर्वद्धनमा पुस्तकले महत्वप्रर्ण भुमिका खेलेको बताएका छन् । ‘गौमुखी क्षेत्रमा अर्खाको चिनारी’ पुस्तकले गौमुखीको साथै समग्र प्यूठानको प्रतिनीधित्व गरेको छ’ सांसद थापाले भने । त्यस्तै साहित्य परिषद प्युठानका पुर्व अध्यक्ष गेहराज थापाले भौतिक बिकासका लागि बिज्ञानको आवश्यक भए जस्तै बौद्धिक बिकास, चारित्रिक, नैतिक बिकासको लागि साहित्य आवश्यक रहेको बताए ।

