प्युठान । गौमुखी गाउँपालिकामा गाउँ सभा सञ्चालन तथा कानुन निर्माण प्रकृया सम्बन्धी सिकाई अभ्यास कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गौमुखी गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको दुई दिने कार्यशाला गोष्ठी शनिबार सम्पन्न भएको हो ।
कार्यशाला गोष्ठीमा गाउँ सभा सञ्चालन तथा सभाबाट निर्माण हुने नीति तथा कानुन निर्माण,प्रकृया,स्थानिय सरकार संञ्चालन ऐनमा ब्यवस्था गरिएका कानुनी प्रावधान,काम,कर्तब्य,अधिकार लगायत बिभिन्न बिषयगत समितिको बिषयमा गाउँसभाका सदस्यहरुलाई अभिमुखिकरण गरिएको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरी जानकारी दिनुभयो ।
गोष्ठीका प्रमुख प्रशिक्षक गाउँपालिका राष्ट्रिय महासंघ नेपालका सल्लाहकार तथा छत्रबेद गाउँपालिकाका निबर्तमान अध्यक्ष लेखनाथ पौडेलले स्थानीय तहले निर्माण गर्ने नीति तथा कानुन निर्माण गर्द स्थानीय भौगोलिक अबस्था,स्थानीय परिवेश लगायतका क्षेत्रलाई अध्ययन गरी कानुन निर्माण गर्नु पर्ने बताउनुभयो । त्यस्तै प्रशिक्षक अधिबक्ता झङकर कुवरले नेपालको संबिधानले स्थानीय तहलाई दिएको अधिकारभित्र रहेर कानुन निर्माण गर्न आग्रह गर्नुभयो ।

