प्यूठान । प्यूठानको स्वर्गद्वारीमा जीप दुर्घटना भएको छ । भिंग्रीदेखि टिमीले तर्फ जादै गरेको लु १ ज ३५६१ नं. को जीप स्वर्गद्वारी नगरपालिका ०८ धुर्कुटेटोलमा दुर्घटना भएको हो । दुर्घटनामा परि ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अबस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले बताएको छ । घाइतेको उपचारका लागी जिल्ला अस्पताल बिजुवार पठाईएको छ । जीप सडकमै पल्टीएको हो । जीप दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्यूठान प्रहरीले बताएको छ ।

