प्यूठान । माण्डवी गाउँपालिका ४ उदयपुरकोटमा व्यवसाय सञ्चालन सम्बन्धी उद्यमशीलता विकास तालिम सुरु भएको छ । माण्डवी गाउँपालिकाको आयोजनामा बुधबारदेखि वडा कार्यालमा ८ दिने उद्यमशीलता विकास तालिम सुरु भएको हो ।
गरीबी निवारणका लागि उपयुक्त सिपमुलक तालिमको छनौट गरि व्यवहारिक कार्यान्वयन गदै आर्य आर्जनमा जोड्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी रोशनले बताए । तालिमले सहभागीको व्यवहारिक पक्षमा परिवर्तन भए गुणस्तरीय र उर्जावान लघु उद्यमी सिर्जान गर्न सकिने अपेक्षा राखेको बताए ।
तालिममा उद्यम व्यसायको परिचय,सान्दर्भिकता,आवश्यकता,व्यवसायिक योजना तर्जुमा ,लैङ्गिक,समानता तथा सामाजिक समावेशीकरण लगायतका अन्य महत्वपूर्ण विषयमा शैद्धान्तिक र व्यवहारिक रुपमा प्रशिक्षण दिईने लघु उद्यम सहजकर्ता टोपराम केसीले बताए ।
उद्घाटन कार्यक्रममा धारणा राख्ने सवै बक्ताहरुले तालिमको व्यवहारिक कार्यान्वयन हुनुपर्ने जोड दिएका छन् । तालिममा वडाका ३० जना सम्भावित उद्यमीहरुको सहभागिता रहेको छ ।

