प्युठान ।
प्युठानमा नेपाल भारत मैत्री बस सेवा सञ्चालन भएको छ । सोमबारदेखि स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि को नेपाल भारत मैत्री बस सेवा सञ्चालन भएको हो । बस सेवाको उद्वघाटन लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा) ले गर्नु भएको छ ।
स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रालिका अध्यक्ष सुनिल बस्नेतले यसअघि हप्तामा दुई दिन दिल्लीका लागि बस सञ्चालन गरिएकोमा अहिले दैनिक रुपमा नेपाल भारमैत्री बस सेवा शुरु गरिएको बताउनुभयो । यात्रुहरुलालाई सहज र सरल रुपमा सेवा दिन प्रा.लि.ले थप सेवा उपलब्ध गराउने उहाँले बताउनुभयो ।

