रविन विश्वकर्मा,प्युठान ।
जुडो संघ जिल्ला शाखा प्युठानको नयाँ कार्य समिती चयन गरिएको छ । मंगलबार खलंगामा सम्पन्न प्रथम बार्षिक साधारणसभाबाट नयाँ कार्य समिती चयन गरिएको हो ।कमल पौडेलको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको जुडो संघ जिल्ला शाखा प्युठानले जनाएको छ । जसको उपाध्यक्षमा अमिसा राना मगर,सचिव हिमाल जिसी,कोषाध्यक्ष सीता सुनार लगाएतका अन्य सदस्यहरु रहनुभएको छ ।
कार्यक्रममा बोल्दै जुडो संघका केन्द्रीय सदस्य विजय गुरुङले खेलकुदमा जुडोको अत्यन्तै महत्त्व रहेको बताउनुयो । आत्म सुरक्षा,आत्म रक्षाका साथै स्वास्थ्यलाई राम्रो बनाउनको लागि जुडो आवश्यक रहेको बताउनुभयो ।जुडो महिला पुरुष दुबैको लागि फाईदा जनक रहेको बताउदै अझ विशेष गरि बढि महिलालाई आत्म रक्षा गर्नको लागि उपयुक्त हुने केन्द्रीय सदस्य गुरुङको भनाइ छ । जिल्ला खेलकुद बिकास समिति प्युठानका अध्यक्ष हुमलाल नेपालीले जिल्लामा हुने खेलकुदमा जुडो थप्ने बताउनुभयो ।
यस अघि खेलकुदमा जुडो नभएको बताउदै जुडो थपिएकोमा खुसि ब्यक्त गर्नुभयो । अध्यक्ष नेपालीले खेलकुदमा समाज,राज्य तथा सरकाले लगानी बढाउनुपर्ने बताउनुभयो ।

