प्यूठान ।
मल्लरानी गाउँपालिकाले लक्षित बर्गका लागी निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले मंगलबार एक सुचना जारी गर्दै गाउँपालिका भित्र स्थायी बसोबास गर्ने दलित र जनजातीका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको जनाएको छ ।
आर्थिक वर्ष २०८० ÷०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत लोकसेवा आयोग द्वारा लिइने सहायक स्तर चौधौं, पाचौं र अधिकृतस्तर ९अप्रविधिक० पदको लागि लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।


