प्यूठान
प्यूठानमा राष्ट्रिय बाल साहित्य सम्मेलन हुने भएको छ । आज जुम्रीमा पत्रकार सम्मेलन गरी २८ औँ राष्ट्रिय बाल साहित्य सम्मेलनको आयोजना गर्न लागिएको हो । मंसिर ९र १० गते खलंगामा सम्मेलन गर्न लागिएको आयोजक नेपाल बाल साहित्य समाज काठमाण्डौले बताएको छ । जिल्लाको साहित्य क्षेत्रको विकास र कला संस्कृतिको प्रस्फुटन गर्ने मुख्य उद्देश्यले साहित्य सम्मेलन गर्न लागिएको हो ।
सम्मेलनमा कथा लेखन, हस्तलेखन, निबन्ध, कविता, चित्रकला, नृत्य, अभिनय प्रतियोगिता हुने र प्रभातफेरी, कार्यपत्र प्रस्तुति, पुस्तक बिमोचन,पुस्तक प्रर्दशनी, टक सो लगाएतका कार्यक्रम हुने आयोजकले जनाएको छ ।

