प्युठान। प्युठानको माण्डवी गाउँपालिमा गोठमा आगलागी हुँदा करिब २५ लाख बराबरको क्षति भएको छ । बिहिबार राती माण्डबी गाउँपालिकाका वडा नं. ३, जस्पुरको लजला कृषी तथा पशुपंक्षी फर्ममा आगलागी भएको हो ।
आगलागीबाट गोठमा रहेको ११ वटा खसी र १ वटा बयर बोका सहित १७ वटा कुखुरा जलेर मरेको स्थानीयले बताएका छन् । गोठमा रहेका १५ वटा २ सय लिटरको ड्रम ,मकै १० बोरा ,परान दाना, गहुँ र घर बनाउन प्रयोग गरिने काठको दार र झ्याल ढोका समेत जलेर नस्ट भएको छ ।
रातको समय एक्कासि विद्युत तार सट भएर गोठमा आगलागी भएको फर्म संचालक अन्जना थापाले बताइन। आगलागीबाट करिव २५ लाख बराबरको क्षति भएको अस्थाई प्रहरी पोस्ट जस्पुरले जानकारी दिएको छ।

