तिहार धन–ऐश्वर्यकी देवी लक्ष्मीको पूजा–उपसना गर्ने पर्व । दियो–बत्ती र झिलिमिलीको पर्व । सेलरोटीको पर्व । देउसी भैलोको पर्व । अनेक रंगले पोतिएको छ, यो पर्व । कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिनदेखि कर्तिक शुक्ल पक्षको द्वितिय तिथिसम्म पाँच दिन मनाइन्छ । यसबीचमा काग पूजा, कुकुर पुजा, गाई पूजा, गोरु पूजा, भाई टिकाहुँदै लक्ष्मी पूजा, दिपावली, देउसी भैलो समेटिन्छन् । धार्मिक कथन अनुासर यमराजले आफ्नी बहिनी यमुनाको घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पँच दिनलाई यमपञ्चक भनिन्छ । यह िदिन भगवान धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतेरस पनि भनिन्छ ।
तिहारमा धन–ऐश्वर्यकी देवी लक्ष्मीको पूजा–आरधाना गरिन्छ । गाईको गोबरले घर-आगँन लिपपोत गरेर, सबैतिर गहुँत छर्किएर घरलाई पवित्र बनाउने गरिन्छ । त्यसो त गाईलाई नै लक्ष्मी माताको प्रतिक पनि मान्ने गरिन्छ । बहुगुणी प्राणी गाईको गोबरले पिपपोत गरेर, गहुँत छर्किएर पवित्र बनाइसकेपछि फूलमाला, धूपबत्ती बालेर लक्ष्मीको पूजाआजा गरिन्छ ।
लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतिक मनिन्छ । यसदिन घरलाई सफसुग्घर गरे, दियोबत्तीले झलमल्ल पारेर, फूलमालाले सजएपछि लक्ष्मीले वास गर्छिन् भन्ने धार्मिक विश्वास छ ।

