प्यूठान । नौबहिनी गाउँपालिकाले ब्याकहोलोडर खरिद गरेको छ ।
पालिकाले ४५ लाख ७४ हजार रुपैयामा जेसिवी खरिद गरिएको जनाएको छ। गाउँपालिका क्षेत्रका सडक निर्माण,बिस्तार, स्तरवृद्धि र अन्य पूर्वाधारको काममा मितब्ययी तथा ब्यबस्थीत बनाउन सहयोग पुग्ने नौबहिनी गाउँपालिकाका अध्यक्ष डिलाराम थापाले बताए । ‘ब्याकहोलोडर खरिद पालिकाको समग्र बिकास निर्माणको क्षेत्रमा सहयोग पु¥याउने छ’ उनले भने,‘यसले पालिकाको आन्तरिक आम्दानी बृद्धि गर्न सहयोग पुग्नेछ ।’

