प्यूठान । प्यूठानमा माछा मार्नेक्रम खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
सोमबार प्यूठान नगरपालिका ५ जुम्रिकाँडाका २७ बर्षिय शोभाराम घर्ति मगरको माछा मार्नेक्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । जुम्रिखोला घोप्टो परेको अबस्थामा भेटिएका घर्तिमगरको उद्धार गरी उपचारका लागी जिल्ला अस्पताल बिजुवार लगिएको थियो । तर उनको बाटोमै मृत्यु भइसकेको चिकित्सकहरु बताए ।

