काठमाण्डौ – नेकपा एमालेको बाग्मती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुङ्गेल निर्वाचित भएका छन् ।
गएराति सकिएको मतगणनामा ढुङ्गेल ६९६ मत प्राप्त गरी निर्वाचित भएका हुन उनले अध्यक्षका अर्का प्रत्यासी कृष्णप्रसाद दाहाललाई २५७ मतान्तरले पराजित गरेका हुने । दाहालले ४३९ मत प्राप्त गरे ।
यस्तै, उपाध्यक्षमा दावा दोर्जे लामा ६१५ मत,सचिवमा नवराज सिलवाल ५६८ सहित निर्वाचित भए । अर्का प्रत्यासी हस्त पण्डितले ५६७ मत प्राप्त गरे ।

