श्रीराम भण्डारी प्यूठान । सरकारी सवारी साधनको दुरुपयोग भएको भन्दै नेपाल तरुण दल प्यूठानले ध्यानाकर्षण गराएको छ ।
शुक्रबार तरुण दल प्यूठानले एक ध्यानाकर्षण पत्र जारी गर्दै प्यूठानमा नीजि प्रयोजन तथा बिदाको दिनमा समेत सरकारी सवारी साधनको दुरुपयोग भएको बताएको छ । सरकारी सवारी साधन कार्यालय प्रयोजनमा प्रयोग गर्नुपर्ने भएपनि कर्मचारीले सार्वजनिक बिदा, आफन्त ओसारपोसार, गोष्ठी, सभा समासोहमा प्रयोग हुदै गएको भन्दै जनप्रतिनीधी, कर्मचारी तथा सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएको छ ।
जिल्लामा सरकारी सवारी साधनको दुरुपयोग नरोकिए कारवाहि गर्ने तरुण दल प्यूठानका अध्यक्ष कृष्ण प्रसाद बसेलले बताए । “प्यूठानमा सरकारी नंम्वर प्लेटको सवारी साधनको चरम दुरुपयोग भएको छ, यसलाई रोक्न कसैले चासो दिएका छैन्न” उनले भने,“दुरुपयोग नरोकिए हामी आफै कारवाही गछौँ ।” अहिले प्यूठानमा सरकारी सवारी साधनको चरम दुरुपयोग भएको तरुण दल प्यूठानले निष्र्कष छ ।

