प्यूठान
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्यूठान आउने भएका छन् ।
आगामी असोज १६ गते जिल्लाका बिभिन्न स्थानमा हुने कार्यक्रममा सहभागि हुन ओली प्यूठान आउन लागेको नेकपा एमाले प्यूठानले जनाएको छ । असोज १६ गते अध्यक्ष ओलीले नौबहिनी गाउँपालिकाको प्रशासकीय भबन उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा एमाले प्यूठानका अध्यक्ष बिजय बिराज बिष्टले समाचार स्पेशलाई जानकारी दिए ।
त्यसका साथै ओली अन्य कार्यक्रममा पनि सहभागी हुने तालिका रहेको एमाले प्यूठानले जानकारी दिएको छ ।