दाङ-नेपाल कम्युनिष्ट पार्टीले देउखुरी बहुमुखी क्याम्पस लमहीमा कार्यरत पुर्व क्याम्पस प्रमुख शेषमणी गौतमको हाजिरप्रति असहमति जनाएको छ ।
गौतमलाई छात्रा बलात्कार गरेको आरोपमा मुद्दा लागेको थियो । राजनीतिक र आर्थिक चलखेल गरेर मुद्दामा सफाई पाएको नेपाल कम्युनिष्ट पार्टी ३ न. जिल्ला देउखुरीको आरोप छ ।
‘अदातलको पुर्ण पाठ नआउँदै गौतमले व्यवस्थापन समितिलाई वेवास्ता गरी समितिको निर्णय विना नै हाजिर भएका छन’ पार्टीका सेक्रटरी अल्फा सिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘ यो हाम्रो पार्टीको लागि मान्य छैन । पीडित छात्राको लागि न्याय भएको छैन ।’
विज्ञप्तिमा यस्ता गतिविधि प्रदर्शन नगर्न र सत्यतथ्य पत्ता लगाउउन विद्यार्थी, अभिभावक, मानव अधिकारकर्मी र नागरिक समाजलाई अपिल गरिएको छ ।

