दुर्घटनाको अनुसन्धान गर्न पूर्वसचिव नागेश्वप्रसाद घिमिरेको संयोजकत्वमा गठित आयोगले आज (बिहीबार) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ ।
दुर्घनाको विस्तृत कारण अहिले नै खुलाउन नमिल्ने भए पनि मानवीय त्रुटिका कारण दुर्घटना भएको आधार खुलेको आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।

