शिव राज खनाल
दाङ २५ भदौ
नेपाल ट्रक यातायात व्यवसायी महासंघको प्रदेश स्तरीय बैठक दाङको लमहीमा सम्पन्न भएको छ । बैठकमा भारतिय ट्रकहरुको अतिक्रमण, सरकारबाट निर्धारित भाडा प्राप्ती हुन नसक्नु, सबै क्षेत्रमा तौलपुलहरु सुचारु हुन नसक्नु प्रमुख समस्याको रुपमा खडा भएको निष्कर्श निकालेको छ ।
कार्यक्रममा बोल्दै प्रदेश बैठकका प्रमुख अतिथि
नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले अहिले नेपाल सरकारले मालवाहक सवारीका लागि भाडादर तोके पनि ओभरलोडकै कारण नेपाली ट्रक व्यवसायीले न्यूनतम् भाडादर पनि नपाउने समस्या रहेको बताए । भारतीय ट्रक तुलनात्मक रुपमा सस्तो रहेको, ओभरलोड बोकेको कारण नेपाली ट्रकहरु भारतीयको प्रतिस्पर्धा गर्न नसकेको उनको भनाइ छ ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय सचिब उमेश चन्द्र मजगैयाले अहिले सम्म पनि राज्यले तोकेको भाडा समेत नपाउनु हामी व्यावसायिको ठूलो चिन्ताको बिषय भएको बताए । ” हामी सरकारले तोकेको भाडा दर खोजिरहेका छौ तर पाउदैनै किन ? यसमा कतै सरकारले नै नेपाली ढुवानी सवारी साधन व्यावसायिनै सक्काउन खोजेको त हैन” ? – मजगैयाले भने ।
तेस्तै ट्रक व्यावसायि महासंघका लुम्बिनी प्रदेश संयोजक
यम प्रसाद पाण्डेले अहिलेको अबस्थामा व्यावसायि नै धरापमा पर्नुको मुख्य कारण नै भारतीय ट्रक भएको बताए । “हामी भारतमा २० लाख पर्ने मालबाहक सवारी साधन नेपालमा ल्याउदा ६५/७० लाख खर्च गरेर ल्याउछौ तर १५०० ट्राफिक जरिवानाको भरमा भारतिय सवारी निर्बाध रुपमा नेपाल भर दौडदा यो अबस्थामा आइपुगेको हो” – पाण्डेले भने ।
तेस्तै राप्ती अञ्चल संयुक्त ट्रक यातायात ब्यबसायी समितिका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले भारतीय ओभरलोडका कारण नेपालतर्फ सडक, पुल लगायतका भौतिक संरचनाको क्षति मात्र नभई आफूहरुको पनि पेशा संकटमा परेको बताए ।
प्रदेश सदस्य ईश्वरी प्रसाद पान्डेले ट्रक यातायात व्यवसायी महासंघले सम्पुर्ण ट्रक व्यावसायिहरुको भबिस्य जोडिएको यस क्षेत्रमा पिर मर्का बुझेर निर्णय गर्न अनुरोध समेत गरे । ” यस क्षेत्रका सवारी धनी मर्नुन बाच्नुको अबस्थामा पुगिसकेका छन , हाम्रो पिर मर्का कस्ले बुझ्ने हो ? – आचार्यले भने
बैठकमा भारतीय ट्रकहरुको अतिक्रमण, सरकारले निर्धारण गरेको ढुवानी भाडा प्राप्त हुन नसक्नु, लुम्बिनी प्रदेश यातायात निमावली निर्माणको लागी दवाव दिने, दुर्घटना हितकोष प्रभावकारी रुपमा परिचालनको बिषयमा छलफल भएको छ ।
लुम्बिनी प्रदेश सहित गण्डकी, कर्णाली, सुदुरपश्चिम प्रदेशका ट्रक व्यवसायीहरुको सहभागीता थियो । बैठकले भारतीय ट्रकहरुको अतिक्रमण रोक्न तीन तहकै सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । यसका साथै भन्सार क्षेत्रमा लोडिङ्ग बहिस्कार सम्मका कार्य गर्न सक्ने भन्दै चेतावनी दिइएको छ । सरकारले तोकेको भाडादर प्राप्तको लागी व्यवसायीक एकता र राज्यका निकायलाईनै खबरदारी गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेश यातायात नियमावली बनाउन सरकारलाई ध्यानकर्षण गराउने र बनाउन दवाव दिने निर्णय समेत भएको छ ।

