शिव राज खनाल
दाङ
पुर्ब पश्चिम राजमार्ग दाङको लमहीमा सवारी चालकहरुको आँखा चेक गरिएको छ । अस्थायी ट्राफिक प्रहरी कार्यालय लमहि र लमहि आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरी आँखा जाँच गरिएको हो । दैनिक जसो सडकमै समय बिताउने चालकहरुले सडकमै निसुल्क सेवा पाउँदा खुसी व्यक्त गरेका छन ।
सडक दुर्घटना न्यूनिकरण अभियान अन्तर्गत बाटामै सवारी चालकहरुको आँखाजाँच कार्य थालिएको प्रहरी नायब निरीक्षक तिर्थ राज भुसालले बताए ।
आँखा जाँच गरिएकाहरुमा बस, ट्रक र ट्रयाक्टर अटोका , चालक र सह–चालकहरु रहेका छन् । जाँच गरिएकाहरुमध्ये धेरैमा रंग पहिचान र रक्तचापको समस्या देखापरेको छ ।
चेक गरिएकाहरुलाई आवश्यक औषधीका साथै परामर्श दिइएको, नियमित आँखाको जाँच गराउन सुझावसमेत दिइएको छ । निसुल्क सिबिरमा १५० भन्दा बढी सवारी चालकहरुको आँखा जाँच गरिएको छ ।

