दाङ, २२ भदाै।
दाङकाे घाेराहीस्थित पर्ल एकेडेमीले विद्यार्थीलाई उद्घाेषण कला सिकाउन थालेकाे छ । शुक्रबारलाई बुक लेस गर्ने विद्यालयकाे याेजना अनुसार विद्यालयले उद्घाेषण कला सिकाउन थालेकाे हाे ।
आज शुक्रबार विद्यालयले कक्षा ५ देखि १० कक्षासम्मका विद्यार्थीकाे सहभागितामा उद्घाेषण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेकाे हाे ।
विद्यालयले हरेक शुक्रबार विद्यार्थीहरूलाई विभिन्न अतिरिक्त कार्यक्रम तथा व्यावहारिक सिपसँग जाेड्दै आएकाे छ ।
उद्घाेषणकलासँग सम्बन्धित अभिमुखीकरण कार्यक्रम विद्यार्थीलाई उद्घाेषण सम्बन्धी विभिन्न सिप सिकाइएकाे थियाे ।
कार्यक्रममा सहभागीहरूलाई उद्घाेषणसँग सम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिइएकाे थियाे । कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई आदिम के सीले प्रशिक्षण दिएका थिए ।
अभिमुखीकरण कार्यक्रम पश्चात उद्घाेषण सिप सिक्न चाहने विद्यार्थीहरूलाई नियमित रूपमा उद्घाेषण सम्बन्धि प्रशिक्षित गर्दै लैजाने विद्यालयका प्रिन्सिपल दाेर्ण पाेख्रेलले बताए ।
हरेक शुक्रबारलाई सिपसँग जाेड्दै लैजाने उद्देश्यका साथ थालिएका विभिन्न व्यावहारिक सिपसँगै उद्घाेषण कलालाई जाेडिएकाे विद्यालयका काेअर्डिनेटर पदम गिरीले बताए ।

