शिव राज खनाल
दाङ
दाङको देउखुरीमा अबस्थित आदर्श नमुना माद्यमिक विद्यालयभित्र एक दृष्टिविहीन बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन
राप्ती गाउँपालिका– २ मा रहेको आदर्श माध्यमिक विद्यालयमा अध्ययन गर्ने दृष्टिविहीन एक १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले आर्दश विद्यालयका कार्यालय सहयोगी तथा बसका सह-चालक रामबहादुर खनाल लाई पक्राउ गरेको हो ।
उनलाई आइतबार बिहान करिब ८ बजे विद्यालयबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्वल बहादुर सिंहले जानकारी दिए।
खनालले भदौ ४ गते बालिकामाथि बलात्कार गरेको प्रहरीमा जाहेरी परेको छ। बालिका सोही विद्यालयको दृष्टिविहीन पढ्ने विद्यालयमा पढ्दै आएकी थिइन।
विगत पाँच वर्ष देखि सोही विद्यालयको होस्टेलमा बस्दै आएकी बालिकालाई भान्सा कोठामा लगेर खनालले बलात्कार गरेको प्रहरी स्रोतले जनाएको छ।

