काठमाडौ
जुम्लाको कनकासुन्दरी -४ स्थित छलपुनेरामा जिप दुर्घटना हुँदा दुईजनाको घटना स्थलमै ज्यान गएको छ।
जुम्लाबाट मुगु तर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको जीप छुलपुनेरामा दुर्घटना भएको हो।
चालक र सहचालक दुवै जनाको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी यामवहादुर बुढामगरले बताए।
उनका अनुसार चालक र सहचालकको सनाखत हुन सकेकाे छैन। जिप सडकबाट अन्दाजि ३ सय मिटर तल खसेको छ।
आईतबार विहान ६ः४५ बजेको समयमा जिप दुर्घटना भएको उनकाे भनाई छ। उनले भने, ‘दर्घटनाको विषयमा थप अनुसन्धान भई रहेको छ।’



