प्युठान ।
प्यूठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले गाउँपालिमा नितिगत अनियमितता मौलाएको भन्ने फेसबुक मार्फत दिएको अभिव्यक्तिका कैयन बिषयमा छानबिन गर्न समिती गठन भएको छ।
शनिवार गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले अनियमितता भएको भन्ने बिषयमा छानबिन गर्न समिति गठन गरेको हो ।
उपाध्यक्ष प्रमोद पोख्रेलले कार्यालयमा केही अनियमितताका बिषयमा उठेका सवालमा छानबिन गर्ने र समस्या निरुपण गर्न यस्तो समिति गठन गरिएको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिए ।
सुशासन तथा संस्थागत बिकास समितिको संयोजक ६ नम्बर वडा अध्यक्ष धन बहादुर पुनको संयोजकत्वमा सुशासन तथा संस्थागत बिकास समिति सदस्यहरु र पालिकामा गठित विभिन्न बिषयगत समितीहरु क्रमश आर्थिक बिकास समिती, सामाजिक बिकास समिति,पुर्वाधार बिकास समिति र बन बाताबरण तथा बिपद ब्यवस्थापन समितिका संयोजक सदस्य रहनेगरी ८ सदस्यीय समिती गठन गरिएको छ । गठित समितिले आवश्यक फाइल अध्यन गरि प्रतिबेदन कार्यपालिकालाई बुझाउने गरि जिम्मेवारी दिइएको अध्यक्ष एमसीले बताए ।
स्थानीय सरकार संचालन ऐनले आर्थिक अनियमिततासँग जोडिएका विषयहरुको निरुपण गर्नका लागि शुसासन तथा संस्थागत विकास समितिलाई अधिकार दिएको छ ।
गठित समितिले विभिन्न विषयगत क्षेत्रमा विज्ञ व्यक्तिहरुको सहयोगमा अन्तिम छानविन गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
अनियमितताको बिषयमा छानबिन समितिले आवश्यक प्रमाण र कागजको आधारमा छानबिन गर्ने छ । समितिले अध्यन गरेर तयार पारेको प्रतिबेदन कार्यालयलाई तोकिएको समय सिमा भित्र पेस गर्ने भनिएको छ । छानबिन समितिले दिएको प्रतिबेदन कार्यपालिकाले पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिने गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री जानकारी दिए ।
अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले पालिकामा उठेका बिषय प्रती गम्भीर भएका छौ। उनले भने,”समस्या समाधानको लागि छानबिन समिती गठन भएको छ।” सबै बिषयलाई छानबिन समितीले अधयायन गरेर दिएको प्रतिबेदनको आधार सबै समस्या निरुपण गरिने अध्यक्ष महतरा क्षेत्रीले बताए ।
पालिका उपाध्यक्ष प्रमोद पोख्रेलले पालिकामा आवश्यक सामाग्री बिना टेन्डर खरिद गरेको बिषय आफुले पटकपटक उठाएपनी सुनुवाइ नहुदा यो अवस्था आएको बताए । पालिकामा आर्थिक सुशासन कायम गर्न आफुले उक्त बिषय उठाउन गरेको कुरा स्पष्ट पारे । आग्रह पुर्वाग्रह बिना पालिकाको खर्च मितब्ययी र पारदर्शी बनाउने सबै जनप्रतिनिधि कर्मचारीको सहकार्य हुनुपर्ने बताए ।
बैठकमा दुई लाख रकम भन्दा माथिको सामाग्री खरिद गर्दा विद्युत्तिय बोलपत्र प्रणालीबाट सामाग्री खरिद गरिने समेत निर्णय भएको छ ।
तर दुई लाख सम्मकाे सामान खरिद गर्नुपरेमा खरिद समितिलाई जिम्म दिइएको छ । खरिद समितिले खरिद गरेको सामानको बिल र सामाग्री जनप्रतिनिधिको रोहवरमा रुजु गरेपछि मात्र स्टाेरमा दाखिला गरिने भएको छ ।
त्यस्तै योजना/आयोजना तथा कार्यक्रम अनुगमन कार्यबिधी २०८० को मस्यौदा तयार भएको छ र सो तयार भएको मस्यौदा अध्यायनको लागि कार्यपालिका सदस्यलाई दिइएको छ । अन्य कार्यबिधी जस्तै सवारी साधन सन्चालन कार्यबिधी २०८० र सामान गरिद सम्बन्धि कार्यबिधी २०८०को मस्यौदा तयारी गरि अर्को कार्यपालिका बैठकमा पेश गरिने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पोख्रेलले बताए । केही दिनभित्रै गाउँपालिकामा महालेखा परिक्षण शुरु हुने भएकाले त्यसपछि छानविनको कार्यको थालनी हुने प्रमुख प्रशासकीय अधिकृत पोखरेलले जानकारी दिए । छानविन समितिले मलेपको प्रारम्भिक प्रतिवेदनलाई पनि छानविनको आधारको रुपमा लिने छ । एक महिनासम्म रिपोर्ट सार्वजनिक हुने गरी समितिले जिम्मेवारी पाएको छ ।
गाउँपालिकामा जनप्रतिनिधि कर्मचारीहरु सदैब जनताप्रती जवाफदेही हुने र सहकार्य गरेर काम गर्नुपर्ने निष्कर्ष कार्यपालिकाको रहेकोे छ ।