प्युठान अस्पतालमा मेडिकल अधिकृत राजेन्द्र पौडेल सहित ७ जना विशेषज्ञ डाक्टरको टोलि आएका हुन । लामो समय आन्तरिक द्वन्द किचलोमा फसेको प्युठान अस्पतालमा डाक्टर नबस्ने कारणले सेवा प्रवाहमा समस्या भएकोमा अब सेवा प्रबाह प्रभावकारि रहने सा्सद गिरिले बताईन । डा: कुमार बिष्ट, महिला तथा स्त्री रोग विशेषज्ञ सहित डा:प्रज्ञा शाक्य, बाल रोग विशेषज्ञ ,डा:गोबिन्द रावत, छाति रोग विशेषज्ञ ,डा:सुमन श्रेष्ठ, एनेस्थेसिया,डा: अमिर काफ्ले, मेडिकल अधिकृत, डा: राजेन्द्र पौडेल ,हाडजोर्नी तथा नशा रोग विशेषज्ञ
डा: किरण पौडेल, अनेस्थेसिया असिस्टेन्ट लगायतको टोलि रहेको छ। विशेषज्ञ डाक्टर आएसंगै प्युठानी जनताले सहज रुपमा सेवा पाउने सांसद गिरीको भनाइ छ ।

