काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने दाबी गर्नुभएको छ ।
मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक मेटमणि चौधरीले यस्तो दाबी गर्नुभएको हो । उहाँले अध्यक्ष ओली सुन तस्करीमा पनि संलग्न रहेको आरोप लगाउनुभयो । चौधरीले सबै काण्डहरुमा अग्रपंक्तिमा केपी ओलीको नाम आएपनि किन पक्राउ नगरेको ? भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले प्रश्न गरेको बताउनुभयो । उहाँले पक्राउ पर्ने डरले अध्यक्ष ओलीले संसद अवरुद्ध गरिहेको आरोप लगाउनुभयो ।

