समाचार स्पेश,प्युठान । लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरिले आफ्ना बालबालिकाले बिधालयमा कस्तो सिकाइ हासिल गरेका छन त्यस बारे अभिभावक सचेत हुनु पर्ने बताएकी छन । सत्य माध्यामिक बिधालय तुसाराकाे ७३ औ बार्षिक उत्सब तथा अभिभाबक दिबशका अबसरमा आयाेजित कार्यक्रममा बाेल्दै गिरिले बालबालिकाले के पढ्याे ,कस्तो व्यवहार बिधालयमा गर्छ भन्ने ख्याल गर्दै उत्कृष्ट अङ्क परिक्षाकाे मात्रै नभइ जिन्दगिकाे धेरै ल्याउन सक्ने बनाउन अन्तरनिहि क्षमता पहिचान गर्नु पर्ने ,असल आनिबानिकाे बिकास मा जाेड गर्नु पर्ने बताएकी छन ।
बिधालय २००७ सालकाे राजनितीक परिवर्तन भएसङ्गै २००८ सालमा स्थापना भएको थियाे । बिधालयमा अहिले कक्षा १२ सम्म पढाइ हुन्छ भने ४ सय ४९ बालबालिका अध्ययनरत छन । बार्षिकउत्सब समारोहमा कक्षा ८ र १० का उत्कृष्ट छात्र छात्रा का लागि पुरुस्कार दिने गरि यदु गिरि र तुलसा गिरिकाे नाममा १ लाख १५ रुपैयाँको अक्षकाेष स्थापना गर्ने भेषमान गिरी र गाेपाल गिरी र बिष्णु पाख्रेल र बिन्द्रा पाेख्रेलले
१ लाख १२ हजार काे अक्षकाेष स्थापना उत्कृष्ट शिक्षकका लागि सम्मान गर्ने गरी अक्षकाेष स्थापना गर्नु भएको छ भने बिधालयले अक्षकाेष स्थापना गर्ने गिरी र पाेख्रेललाइ सम्मान गरेकाे छ । कार्यक्रममा बिधालयका प्रधानाध्यापक चन्द्र प्रसाद पाेख्रेलले बिधालयकाे प्रगति प्रतिबेदन पेश गर्नु भएको थियाे । कार्यक्रमकाे अध्यक्षता बिधालय ब्यबस्थापन समिति अध्यक्ष कृष्ण बहादुर जिसिले गर्नु भएको थियाे भने सन्चालन शिक्षक शिद्दिमान एमसिले गर्नु भएको थियाे ।

