प्युठान । लुम्बिनी प्रदेशका सहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापालाइ गौमुखी गाउँपालिका रजवारामा भब्य स्वागत भएको छ । मन्त्री थापालाइ रजवाराबासीले बाजागाजा र फुलमाला सहित स्वागत गरेका हुन । एकादशीको अबसरमा तिखाचुली युवा क्लबले आयोजना गरेको खेलकुद कार्यक्रममा सहभागी हुने क्रममा थापालाइ स्वागत गरेको हो ।

मन्त्री थापासँगै लुम्बिनी प्रदेशका सांसद धनलक्ष्मी श्रेष्ठ,गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरी,प्युठान नगरपालिकाका उपमेयर देबेन्द्र बर्मा लगायतलाई स्वागत गरिएको छ ।

